बिर्तामोड ।

झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका ९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































