श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

0
80

उदयपुर ।

उदयपुरको त्रियुगानगरपालिका–१६धौरी कि ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन् ।

गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ वर्षीय जसबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here