कचनकवलमा आगलागी, दुई वटा घरसहित मोटरसाइकल जलेर नष्ट

0
18

झापा । झापामा दिनहुँ आगलागी हुने क्रममा कचनकवलमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । आज बिहान ८.३० बजे कचनकवल  ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल , २ तोला सुन , चाँदी , खाद्यान्न , लत्ताकपडालगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए । स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भई सो आगलागी भएको जनाइएको छ । हिजो मात्र झापाको दुई ठाउँमा आगलागी भएको थियो ।

दिउँसो २.३० बजे झापा गाउँपालिका– २ सडकवाडीमा राम हेमरमको एक तले कच्ची घरमा बिजुली सर्ट भई आगलागी हुँदा लत्ताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार बराबरको क्षति भएको थियो ।

त्यस्तै हिजो दिउँसो १.१० बजे बुद्धशान्ति ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यू र धानको कुन्यूमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here