एनएमसी केर्खा सेवा केन्द्रका सभा सम्पन्न

0
9

उमानाथ भण्डारी
कमल ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारणसभा कमल गाउँपालिकाको केर्खामा सम्पन्न भएको छ ।

शुक्रवार कनकाई,रतुवाक्षेत्र(ख) अन्तर्गतका केर्खा,पाडाजुँगी,डुडामारी,गौरादह बैगुनधुरा,ग्वालडुब्बा, गौरीगंज र दमक, फाल्गुनन्द र ईलामको चुलाचुली गरी दश वटा सेवाकेन्द्रमा आज एक साथ उप इकाईगत साधारण सभा सम्पन्न भएको हो ।

इकागत साधारण सभा गर्ने क्रममा एनएमसीले कमल गाउँपालिकाको कृर्खामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । केर्खा सेवा केन्द्रको साधारण सभा कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले उद्घाघाटन गरेका थिए ।

साधारणसभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रचना दाहालले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फ बाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नु भएगरेका थिए । वहाँले वित्तीय कारोबार गर्ने एनएमसीका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थामा गत असार मसान्तमा एक अर्ब ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ शेयर पुँजी रुपैयाँ रहेको जानकारी गराए ।

यस्तै संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, ९ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रुपैयाँ निक्षेप मौज्दात गरी सदस्यहरु माझ १० अर्ब ६३ करोड ३८ लाख २९ हजार ३१८ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । हाल संस्थाका ५ वटै व्यवसायमा गरी कूल एक हजार १४४ जना कर्मचारी कार्यरत रहेको सदस्य संयोजक दाहालले जानकारी दिए ।

संयोजक उप्रेती प्रतिवेदन प्रस्तुत गरेको प्रतिवेदनमा , ‘आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तमा ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ बाह्य कर्जा रहेको छ भने समीक्षा वर्षमा भाखा नाघेको कर्जाको प्रतिशत ३ दशमलव ५८ प्रतिशतमा सिमित गर्न सफल भएको छ ।

समीक्षा वर्षमा संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको र उक्त मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिनेछ । त्यस्तै सहकारीले आ.व. २०७९÷ ०८० मा १३ अर्व २ करोड, ८ लाख १६ हजार ४४१ वासलत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष कोईरालाले पछिल्लो समय वित्तीय कारोबार गर्ने संस्थाहरु धारासायी बन्दै गएका बेला एनमसी मुलुकै दोस्रो स्थानमा अबब्ल सावित गरेकोमा शुभकामना व्यक्त गरेका थिए ।

उक्त साधारणसभामा वार्षिक नीति तथा कार्यक्रम चिया व्यवसाय प्रमुख रविन्द्र पाण्डेले प्रस्तुत गरेका थिए । संस्थाका केर्खा सेवा केन्द्रका संयोजक लोकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सेवा केन्द्र उपसमिति सदस्य शान्ता उप्रेती दाहालले शाब्दिक शब्द द्वारा स्वगत गरेकी थिईन् भने कार्यक्रम सञ्चालन केर्खा सेवा केन्द्र प्रमुख नविन पोख्रेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here