सहनशिल महिला साकोसको १४ औं सभा सम्पन्न

0
8

अर्जुनधारा । 

झापाको अर्जुनधारा–८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

शनिश्चरे बजारस्थित सामुदायिक भवनको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लेखा समितिकी सदस्य नीलाकुमारी दाहालले उद्घाटन गरेकी थिइन् ।

सभामा संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन कार्यालय सहायक निर्मला राईले, लेखा समितिको प्रतिवेदन संयोजक कल्पना विश्वकर्माले र चालु आर्थिक वर्ष ०८०/०८१को वार्षिक नीति तथा कार्यक्रम र बजेटसहितको प्रतिवेदन व्यवस्थापक पम्फादेवी विश्वकर्माले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा चुक्ता शेयर पूँजी ९४ लाख २९ हजार सात सय रुपैयाँ, जगेडा कोषमा ५३ लाख ७५ हजार नौ सय ४४ रुपैयाँ १३ पैसा, अन्य कोषमा १० लाख ९९ हजार दुई सय १८ रुपैयाँ ४३ पैसा, जोखिम कोषमा १९ लाख १८ हजार नौ सय २३ रुपैयाँ, निक्षेप एक करोड ९६ लाख सात हजार दुई सय तीन रुपैयाँ ५२ पैसा, कर्जा लगानी चार करोड १६ लाख ५२ हजार तीन सय सात रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ७१ लाख ९९ हजार चार सय ८४ रुपैयाँ ३० पैसा, जम्मा खर्च ५७ लाख ३३ हजार आठ सय ५९ रुपैयाँ ७३ पैसा र खुद नाफा १४ लाख ६५ हजार छ सय २४ रुपैयाँ ५७ पैसा रहेको छ ।

सोही कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता छेन्बीहाङ राई, उत्कृष्ट ऐच्छिक बचतकर्ता सुष्मा पौडेल, उत्कृष्ट मासिक बचतकर्ता प्रमिला राजवंशी, उत्कृष्ट मुद्धती बचतकर्ता सफिना खान, असल ऋणी गोपाल वि.क., उत्कृष्ट विद्यार्थीद्वय विष्णुमाया कोइराला र सौजन सुजीलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, नगर सहकारी समन्वय समितिका संयोजक कृष्णप्रसाद चापागाईं, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डिल्ली घोर्साईं, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रा सुब्बा, अग्रज पत्रकार दिपीन राई, सल्लाहकार बद्रीप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष सविता लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here