पातन्जल योग साधकहरुलाई प्रशिक्षण

0
9

चारआली ।

मेचीनगरका पातन्जल योग समिति अन्तर्गत सञ्चालित १० वटा योग साधना केन्द्रका साधकहरुलाई योग प्रशिक्षण दिइएको छ ।

एक दिवसीय विशेष योग प्रशिक्षण धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयमा सम्पन्न भएको होे । पायोस नेपालको दमकस्थित पशुपति मन्दिरमा हुन लागेको महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुवर्णलाल चित्रकारले गरेका थिए ।

कार्यक्रममा पायोस नेपाल, झापा शाखाका अध्यक्ष श्याम लुहागुनको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन पायोस नेपाल मेचीनगर अध्यक्ष तथा झापा शाखाका सचिव टेकेन्द्र ढकालले गरेका थिए ।

झापा जिल्ला कोषाध्यक्ष टीका सुवेदी, कोशी प्रदेश कोषाध्यक्ष अनिता गुरागाँई, जिल्ला सदस्य भोला ओली, मीना भट्टराई, कोपिला दाहाल, रेखा पराजुली लगायतको सहभागिता रहेकोे थियो ।
५० जनाभन्दा बढी अगुवा साधक साधिकाहरुलाई दिइएको प्रशिक्षण प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here