फ्रेण्डसीप क्लवद्वारा ठुटेवर परिसर सरसफाई

0
8

बुद्धशान्ति ।

फ्रेण्डसीप क्लवले झापाको बुद्धशान्तिस्थित ठुटेवर परिसरमा सरसफाई गरेको छ ।

कात्तिक पूर्णिमा अर्थात् मंसीर ५ देखि ११ गतेसम्म लागेको ऐतिहासिक मेला पश्चात थुप्रिएको फोहोरमैला सरसफाई तथा व्यवस्थापन गरिएको हो ।

फ्रेन्डसीप क्लव बुद्धशान्ति–६ का अध्यक्ष बिक्रम मुखिया, निवर्तमान अध्यक्ष रुद्र निरौला, सचिव भानु नेपालको नेतृत्वमा सरसफाई तथा व्यवस्थापन गरिएको ठुटेवर संरक्षण तथा बिकास समिति अध्यक्ष खड्ग पङ्धाक सुब्बाले जानकारी दिए ।

फ्रेण्डसीप क्लवका अध्यक्ष मुखियाले आगामी दिनमा सबैको सहकार्यमा यस्ता थप कार्यक्रमहरु गर्दै लैजाने र यस्ता कार्यक्रम समुदायसँग जोड्ने साथै वातावरण संरक्षण गरी आगामी दिनमा फोहोरलाई अझै उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको बताए ।

त्यस्तै निवर्तमान अध्यक्ष रुद्र निरौलाले यस सरसफाई कार्यक्रमलाई सदैव साथ दिन र अभियानमा जुट्न आह्वान गरे । सरसफाई कार्यक्रममा २६ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here