माटोको क्षयीकरण रोकौं

0
8

माटो हाम्रो जीवनको मूल आधार हो । तर, हामी नै माटोको महŒवका बारेमा गम्भीर नहुँदा यसले अनेक व्यवधानहरु ल्याइरहेको छ । मानव जातिको यही लापरवाहीका कारण भोलि पृथ्वी बासयोग्य हुन नसक्ने जोखिम देखिएकाले माटोको बारेमा जनचेतना जगाउने उद्देश्यले विश्व माटो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१४ देखि डिसेम्बर ५ तारिखका दिनलाई माटोको दिवसका रुपमा विश्वव्यापी रुपले विविध कार्यक्रम गरी मनाउने गरिएको छ । माटोको महŒवलाई अनुभूत गरेर थाइलेण्डका राजा भुमिवल अदुल्यादेजले सन् २०१२ देखि नै विश्वमै पहिलोपटक माटोको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने कार्यको थालीन गरेका थिए ।

विज्ञका अनुसार विश्वमा माटोको अम्लीयकरण बढ्दो क्रममा छ । नेपालको कूल जमिनको १.९६ प्रतिशत भाग अम्लीय रहेको छ । उर्वर जमिनमा अम्लीयपन बढ्दै जाँदा उत्पादकत्व घट्दै जान्छ, जसका कारण भविष्यमा खाद्य संकटको जोखिम रहेको भन्दै जानकारहरुले चिन्ता प्रकट गर्न थालेका छन् । यसका साथै माटोको संरक्षण नगरिँदा खाद्य तथा पोषण सुरक्षा सम्भव छैन । त्यसैगरी दिगो कृषि विकास, जैविक विविधताको संरक्षण, प्राङ्गारिक कृषि सम्बन्धी विषय पूर्ण हुँदैनन् । हाम्रो माटोको उर्वराशक्ति प्रत्येक वर्ष ह्रास भइरहेको छ । यसो हुनुमा एउटै बाली पटक–पटक लगाउने प्रवृत्ति, रसायनिक मलका अधिक प्रयोग, गोबर मलको स्रोतको क्षय र प्रयोगमा कमी सहायक कारण हुन् ।

प्राणी जातिको अस्तित्व जोगाउने मूल आधार माटो नै भएकाले र वनस्पति जगतले पनि चौध प्रतिशत पोषणतत्व माटोबाटै पाउने भएकाले माटोको सुरक्षामा मानिस नै लाग्नु पर्दछ । हाम्रो खाद्य वस्तुको ९५ प्रतिशत वस्तु माटोबाटै आउने भएकाले माटोको अवस्थामा सुधार गर्न जरुरी छ । विश्वमै चालीस प्रतिशत माटोमा अम्लीयपन रहेको सन्दर्भमा माटोको बारेमा जनचेतना जगाउने र किसान लगायत सम्बद्ध सबैलाई माटोको बारेमा चिन्तन गर्न लगाउने यो दिवसको सान्दर्भिकता बढेर गएको छ । त्यसैले आजको दिनले किसानलाई मात्र होइन विश्वका सम्पूर्ण मानव समुदायलाई माटोको आवश्यकता, महŒव र यो दिवसको सान्दर्भिकताका बारेमा सचेत गराउनुपर्छ । बढ्दो प्रदूषण रोकेर यस वर्षको नारा जस्तै माटोको अम्लीयकरण रोक्ने र उत्पादकत्व बढाउने दिशातर्फ सजग भएर सबैले लाग्नुपर्छ । अन्यथा हामी र हाम्रा सन्ततिको भविष्य सुरक्षित हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here