पातञ्जली योग समिति नेपाल झापाको माईपश्चिम क्षेत्रको सत्संङ्ग

0
9

झापा ।

पातञ्जली योग समिति नेपाल अन्तर्गतर झापाको माईपश्चिम क्षेत्रको सत्संङ्ग विहिवार कमल गाउँपालिकामा सम्पन्न भएको छ ।

कमल गाउँपालिका ५ स्थित गौरिशंकर साधना केन्द्रमा पातञ्जलि योग समिति नेपाल मुख्य केन्द्रिय प्रभारी लवदेब मिश्रको उपस्थितीमा सत्संङ्ग सम्पन्न भएको हो ।

सत्संङ्गमा कमल गाउँपालिका, तथा दमक र गौरादह नगरपालिका स्थित गाउँ तथा नगरका अध्यक्ष तथा पदाधिकारीका साथै विभिन्न साधना केन्द्र का प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सत्संङ्गमा सहयोग शिक्षक तालिम संञ्चालन, पाँचदिने आवाशिय तालिम तथा झापाका सबै विध्यालयमा कार्यरत शिक्षक मध्ये प्रतिनिधी मुलक शिक्षकलाई योग शिक्षक तालिम प्रदान गर्ने निर्णय भएको मुख्य केन्द्रिय प्रभारी मिश्रले जानकारी दिए ।

सत्संङ्गमा पातञ्जलि योग समिति नेपाल युवा समिति संयोजक लोकनाथ खनाल, केन्द्रिय सदस्य टिका खतिवडा, अर्चना घिमिरे, कोशी प्रदेश प्रभारी मिस्टर प्रसाद चौधरी,महामन्त्री लक्ष्मिप्रसाद काफ्ले, झापा जिल्ला अध्यक्ष देबीप्रसाद घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here