बिर्तामोडमा मेडिटेसन शिविर शुरु

0
10

झापा।

‘खुशियाली जीवन एवम् समृद्ध राष्ट्रका लागि’ भन्ने नारासहित बिर्तामोडमा शुक्रबारबाट चार दिने राजयोग मेडिटेसन शिविर शुरु भएको छ ।

शिविरमा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले मेडिटेसनको सिप प्रदान गरिरहेका छन् । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको आयोजना र सञ्चालिका पूर्णिमा दिदीको अध्यक्षतामा यहाँस्थित अतिथि सदनमा शुरु भएको शिविरको उद्घाटन बिर्तामोड–१का वडाध्यक्ष अग्नि पाण्डेले गरेका थिए ।

शिविर उद्घाटन सत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गौरादह नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, साना मझौला सहकारी संस्थाका अध्यक्ष देवी निरौला बस्नेत लगायतको आतिथ्य रहेको थियो ।

शिविरमा विभिन्न क्षेत्रका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । शिविर बिहान ६देखि ८ र दिउँसो १२ः३०देखि २ः३० बजेसम्म सञ्चालन गर्ने बताइएको छ ।

प्रशिक्षक घलेले अहिले हाम्रो व्यस्त जीवनशैलीलाई कसरी सुधार गरेर खुशी, सुखी र आनन्दमयी बनाउन सकिन्छ भन्ने बारेमा विभिन्न अभ्यास र उदाहरणद्वारा सहभागीलाई प्रशिक्षित गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here