अभिभावकको स्वास्थ्य जाँच गराउँदै दशरथ मावि

0
7

चारआली ।

मेचीनगर स्वास्थ शाखाको प्राविधिक सहयोगमा चारआलीमा रहेको शहीद दशरथ चन्द माविले महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण निःशुल्क रुपमा गराएको छ ।

विद्यालयले आफ्ना अभिभावकहरुका लागि यस्तो परीक्षण गराएको हो । २० बर्षमाथि ६० बर्षसम्मका एक सय ५० जनामध्ये शुक्रबार पहिलो दिन ७६ जना आमाहरुको भीआइए परीक्षण भएको छ । जसमध्ये करिब २५ प्रतिशतको संख्यामा इन्फेक्टेड देखिएको छ ।

औसतमा यो संख्याको सूचक भयावह रहेको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य शिविरको सहजीकरण शेक अमिना खातुन, इन्दू गिरी, कमलादेवी काफ्ले र शोभा अधिकारीले गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले अभिभावकको स्वास्थ्यमा ध्यान दिँदै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए । शिविरमा नाम टिपाएका अभिभावकहरुको आज आइतबार परीक्षण हुने विद्यालयका शिक्षक प्रतिनिधि टेकेन्द्र ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here