शैक्षिक अभियन्ता षडानन्दको सालिक अनावरण

0
9
टक्सार (भोजपुर),
नेपालमा शिक्षाको ज्योति फिजाउने शैक्षिक अभियन्ता आवाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको दिङ्लामा सालिक अनावरण गरिएको छ ।
उहाँको एक सय ८९औँ जन्मजयन्तीको अवसर पारेर षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा षडानन्दको अर्धकदको सालिक नगर प्रमुख सुरेन्द्रकुमार उदासले अनावरण गर्नुभयो ।
नगरप्रमुख उदासले देशको शैक्षिक उन्नयनमा षडानन्द अधिकारीले निर्वाह गर्नुभएको अतुलनीय भूमिकाको सराहना गर्दै शिक्षाका साथै धार्मिक एवं समाज सुधारमा उहाँले गर्नुभएको योगदानको आमनेपालीले सधैँ सम्झिरहने बताउनुभयो ।
त्यसै अवसरमा हेमराज गुरागाईद्वारा लिखित तथा धनमाया प्रतिष्ठानको प्रकाशन ‘धनमाया’ शोक काव्य विमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here