सामाजिक एकता र आर्थिक उन्नतिको आधार सहकारी

0
8

निजी, सहकारी र सरकारी तीन खम्बे नीतिमा आजको अर्थ जगत् टिकेको छ र अघि बढिरहेको छ । आजका चुनौतीको न्यूनीकरणका लागि सहकारिता र सहकारिताका सिद्धान्त विकसित भएको पाइन्छ । सहकारिताले मानिसलाई असल संस्कार र सामाजिक भावनाको विकास गर्न सिकाउँछ । यसैले समाजमा देखिएका समस्या न्यून गर्नका लागि समूह जुटाउने र परिचालन गर्नसक्ने विभिन्न प्रक्रियामध्ये सहकारिता पनि एउटा उत्तम उपायको रुपमा लिइन्छ । मानव स्वभाव र परापूर्वकालदेखि नै सभ्यताको विकासक्रममा रहेको मेलमिलाप, सहकार्य र सहसम्बन्धको अन्योन्याश्रित अभ्यासले सहकारीलाई आजको स्वरूपमा उठाएको छ ।

मेला, पर्म, धर्मभकारी, वस्तु र सेवाको विनिमय सहकारीको प्रारूप थियो । समाज आदिम साम्यवादी अर्थव्यवस्थाबाट नयाँ युगमा प्रवेश गरिरहँदा क्रमशः उत्पादन र वितरणमा स्वामित्व र प्रभाव स्थापित हँुदै गयो । मानव समुदायबीच सम्पत्ति, विनिमय र उत्पादन सम्बन्धले अस्तित्व र आकार ग्रहण ग¥यो । शक्ति, प्रभाव, सुरक्षा र सामथ्र्यताका लागि परिवार, समाज, समुदाय र राष्ट्रियताको क्रमशः विकास भयो । पुँजी, व्यवसाय, श्रम र शोषणका स्वरूप र तरिका विकास भए । राजनीतिमा साम्राज्यवादको प्रभुत्वमा मात्रै नभएर उद्योग, व्यवसाय, पुँजी र मुनाफामा पनि समकालीन विश्वमा बेलायतले महत्वपूर्ण सफलता र प्रभुत्व स्थापित गर्न सफल भयो । यो विकास र सफलताले सकारात्मक मात्रै नभएर नकारात्मकता पनि पैदा गर्दै गयो ।

रोग, भोक, अशिक्षा, गरिबी, घरवारविहीनता जस्ता आदि कारणले अत्यधिक जनसंख्या वृद्धिले पीडित रहनुपर्ने अवस्था रहेसम्म केही मानिसले मात्र जस्तोसुकै प्रगति गरे पनि त्यसको हिस्सा सामाजिक रुपान्तरणको सम्बन्धमा महत्वपूर्ण देखिँदैन । मानव सभ्यता विश्वव्यापीकरण तथा प्रतिस्पर्धात्मक खुला बजार प्रणाली जस्ता नौला र आधुनिक आर्थिक प्रक्रियाको तीव्रतासँगै अघि बढिरहेको छ । अहिले पनि सबै मानिसले खान, लाउन, बस्न र सहज जीवनयापन गर्न पाउनु नै मुख्य चुनौती रहेको छ ।

पुँजी तथा शक्तिको भरमा केही व्यक्ति तथा समूहले आफ्नो स्वामित्वको घेरामा बहुसंख्यक मानिसलाई दबाबमा राख्नाले मानव जातिभित्र वर्ग विभाजनको कारण बनेको छ । मानिस जन्मँदै धनी र गरीब भएर आउनु विडम्बनापूर्ण अवस्था रहेपछि समुदायमा संस्कार र शक्तिको भरमा केही व्यक्ति वा समूहले आम मानिसलाई शोषण गरेर आफूलाई सम्पन्न बनाउने क्रमले लामो समयदेखि मानव समाज द्वन्द्वग्रस्त छ । मानव समाजमा अन्यायपूर्ण अवस्था रहेसम्म मानिसमा विद्रोही स्वभाव रहिरहन्छ । व्यक्तिले आफ्नो व्यक्तिगत उन्नतिका लागि अरु मानिसलाई प्रयोग गर्ने थलो सहकारी हुन सक्दैन । नेपालमा संख्यात्मकरुपमा सहकारीको वृद्धि भयो, तर तिनीहरूको नेपाली समाजमा परेको गुणात्मक सामाजिक आर्थिक कस्तो प्रभाव पारेको छ भन्ने विषयमा कमै खोजिनिति भएको छ ।

सहकारीले समाजका सवै वर्ग, तह र तप्काका मानिसलाई बिना भेदभाव एकै ठाउँमा भेला गरेर सामुहिक हितमा छलफल र बहस गर्ने र आफूले सकेको पुँजी निवेष गरी आर्थिक क्रियाकलापमा सरिक हुन बाटो खोल्यो । यो अत्यन्तै सकारात्मक कुरा हो । सहकारीहरु गामीण क्षेत्रमा पनि स्थापना गरिए । बैंकहरु ठूलाठालुका सेवामा मात्र काम गरिरहेको गाउँले मानिसमा विश्वास थियो । आफ्नैसामुमा आफू समेत सामेल बनेर बनेका सहकारीलाई उनीहरूको जीवनकै एक अङ्ग सम्झे । यो अर्को महत्वपूर्ण पाटो हो । नेपालमा राजनीतिक दलहरूले जति महिला हक–अधिकारका कुरा गरेर महिलाहरूलाई संगठित र परिचालन गरे, त्यसको सयौं गुणा बढी महिलाहरूलाई सहकारी मार्फत संगठित गरियो र दोस्रो दर्जाका नागरिकका रुपमा रहेका महिलाहरू आज सामाजिक क्षेत्रमा आर्थिक क्रियाकलापमा सरिक हुँदै अघि बढिरहेका छन् ।

जुनसुकै सहकारी संस्थामा पनि महिलाको ठूलो वर्चश्व कायम भएको देखिन्छ । उनीहरूको आवाजलाई सबैले सुन्नैपर्ने भएको छ । महिला नेतृत्व विकास र क्षमता अभिवृद्धिका कुरा गर्दा सहकारीले महिलालाई विभिन्न किसिमका तालिम, अभिमुखीकरण र सशक्तीकरण लगायतका कार्यक्रमहरूमा सहभागी गराइनु सकारात्मक कुरा हो । सहकारीले लघुवित्त वा विभिन्न नामका बैंकका नाममा हुने गरेका चर्को ब्याजका लगानीलाई दुरुत्साहित गरेको छ र सहकारी संस्थाका शेयर सदस्यहरूको छलफल मार्फत पारित गरिएका नियमका आधारमा सस्तो, सुलभ ब्याजदरमा शेयर सदस्यहरूले ऋण लिएर आफ्नो व्यवसाय सञ्चालन गर्न पाएका छन् । यो गौरवको विषय हो ।

सहकारीको सामाजिक प्रभाव असाध्यै सकारात्मक हुन्छ जुन दिगो विकासको आधार हुनसक्छ । विकट दुरदराज जहाँ निजी क्षेत्रका आर्थिक प्रतिष्ठान जाँदैनन् राज्यको पहुँच छैन त्यस्ता ठाउँ र क्षेत्रमा निर्विकल्प रुपमा सहकारीहरू उपस्थित भएका छन् । सहकारीलाई बचत तथा ऋणमा मात्र संकुचित बनाइने सोच पनि रहेको छ हाम्रो समाजमा, तर सहकारीको सामाजिक आर्थिक विकासमा व्यापक भूमिका छ, सामाजिक उपयोगिताका क्षेत्र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा सहकारीको भूमिका अत्यन्तै धेरै छ भन्ने सच्चाइलाई आत्मसात गर्न जरुरी छ ।

नकारात्मक पाटोको कुरा गर्दा, सहकारी क्षेत्रमा केही विकृति पनि भित्रिएका छन् । सहकारीको नाउँमा सहकारीका सिद्धान्त र मूल्य–मान्यता विपरीत कार्य गर्ने केही व्यक्ति एवम् समूहहरूका कारण विशेषगरी वित्तीय कारोबार गर्ने सहकारीले केही हदसम्म बद्नामी कमाएका पनि छन् । समाजमा रहेका मानिसहरूको सहकारी ज्ञानको कमीका साथै मानिसमा रहेको लोभीपनलाई निजी स्वार्थ पूरा गर्न पल्केका व्यक्ति तथा समूहहरूले सजिलै फाइदा लुट्न सक्छन् भन्ने कुरा सहकारीमा पनि देखिएको छ । सहकारीले गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै त्यसमा देखिएका कमी–कमजोरी तथा विकृति रोक्न र यसबाट बचाउनका लागि नियमनकारी निकाय र सहकारी अभियन्ताहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । सिद्धान्ततः सहकारी राजनीतिक रंगरहित हुनुपर्दछ । यो विशुद्ध लोकतान्त्रिक संस्था हो । सहकारी जनताको संगठन हो । यो व्यावसायिक संस्था हो । तर, अहिले सहकारी मार्फत राजनीतिक दलहरू राजनीति गरिरहेका छन् ।

हरेक दलका भातृ र भगिनी संगठनहरू छन्, दलका आफ्नै तहगत समितिहरू छन्, राजनीतिक दलहरूले आफ्नो विचार र सिद्धान्तलाई अघि बढाउने तिनीहरु मार्फत हो, तर आमनागरिकहरू राजनीतिबाट मुक्त रहेर समाजका सबै तह र तप्काका मानिसहरू संगठित बनी सहकारीमा आबद्ध बन्न थालेपछि राजनीतिक दलहरू अहिले फेरि राजनीतिका जुत्ता लगाएर सहकारी संस्थाको भान्सा र पूजाकोठामा प्रवेश गरिरहेका छन् । यसले सहकारी संस्थाको आफ्नो वास्तविक ओज र गरिमा खस्किने निश्चित छ । अर्को समस्या भनेको शहरबजारका सहकारीमा पुँजीवादी उत्पादन प्रणाली अनुसार नाफामा प्रतिष्पर्धा गने होड चलेको छ । अहिले सहकारी र निजी वित्तीय संस्था अर्थात् बैंक वीचमा भेद छुट्याउनै समस्या पर्ने देखिन थालेको छ । सहकारी जनताको सुख–दुःखमा साथ रहने संस्था हो । सहकारीमा आबद्ध हरेक शेयर सदस्यले आफ्नो दुःखमा सहयोगको अपेक्षा गर्दछ ।

निष्कर्षमा भन्नुपर्दा– सामाजिक उत्तरदायित्वको सन्दर्भमा सहकारी क्षेत्र सबैभन्दा अघि छ । सहकारीका सबै सिद्धान्त र मूल्यमान्यता सामाजिक जिम्मेवारीसँग जोडिएका छन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रले सहकारीलाई समाज र परिवर्तनसँग गाँसेको छ । आर्थिक समृद्धि, सामाजिक एकता र न्यायसहितको बृहत्तर विकासको लागि सहकारीको पुँजी, संगठन र सम्भावना सदुपयोग गर्ने गरी अघि बढ्न सके सहकारीमा काम गर्ने प्रेरणा जाग्नेछ । सहकारीहरूले समुदायलाई सचेत, संगठित र एकताबद्ध बनाउने, वित्तीय सन्दर्भमा साक्षरता र उद्यमशीलता प्रवद्र्धन साथै गरिबी न्यूनीकरण र स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सहकारीले आधारभूत तहमा आर्थिक, सामाजिक र व्यावसायिक चेतना फैलाएका छन् ।

सहकारीले सामाजिक रूपमा पछि परेका र पारिएका महिला, दलित, आदिवासी जनजाति, सीमान्तकृत र अल्पसंख्यक समुदाय र आर्थिक रूपले विपन्न, गरीब समुदायलाई आर्थिक सामाजिक मूल प्रवाहमा ल्याउन भूमिका खेलिरहेका छन् । सहकारीलाई सुशासित, जोखिमरहित र गुणस्तरीय सेवामा प्रभावकारी रूपमा अघि बढाउँदै सामाजिक उत्तरदायित्वप्रति सचेत, जिम्मेवार र क्रियाशील बनाउनका लागि शेयर सदस्यलाई नीति, कार्यक्रम र बजेटको निर्माणमा सहभागी गराउन आवश्यक छ । नेपाल जस्तो जस्तो अल्पविकसित देशमा सहकारी साझा सरोकारको विषय हो ।

नेपाली समाज विकासमा सहकारीको योगदान रहेको छ । अरुको जस्तै हामी नेपालीहरुमा पनि सहकारीको बुझाइबारे विविधता छ । साझा उद्देश्य राखेर विपन्न वर्गलाई संगठित गरी उनीहरूको उत्थान गर्ने अभियान सहकारी हो । वास्तविक सहकारी भनेको कुनै पनि व्यक्ति एक्लै काम गर्दा आफ्नो सामाजिक आर्थिक हैसियत माथि उठाउन सकिएन भन्ने लाग्यो र सामुहिक प्रयत्नका रूपमा काम गर्दा आफ्नो सामाजिक आर्थिक हैसियत उठाउने विश्वास लाग्यो र सो उद्देश्यसहित गरिने सामुहिक प्रयास नै सहकारी हो जुन सफल हुन्छ त्यसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । तर, सामुहिक उद्देश्य भन्दैमा एक समूहले अर्को समूहलाई ग्राहक बनाउन चाहिँ पाइँदैन जुन हाम्रो समाजमा हुने गरेको छ । सहकारीको भविष्य उज्ज्वल छ । सहकारी मार्फत मुलुकको आर्थिक प्रगति सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here