बिर्तामोडमा जापानको विषयमा अर्बन स्पेसद्वारा शैक्षिक परामर्श

0
18

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीले जापान जाने विद्यार्थीलाई लक्षित गर्दै एक दिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

शैक्षिक परामर्शमा मार्फत विद्यार्थी तथा अभिभावकलाई शैक्षिक अवस्था, कलेजका जानकारी तथा जापानको कानुनी अवस्थाका बारेमा सेमिनार मार्फत जानकारी गराइएको अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक तुलसी पाठकले जानकारी दिए ।

जापान स्थित केसीजीआई कलेजका आनन्द नेपालले अंग्रेजी माध्यमबाट जुनसुकै संकाय अध्धयन गरेपनि जापानमा स्नाकोत्तर तहमा अध्ययन गर्न पाइने बताए । उनले जापान जान आईएलटीएस आवश्यक रहेको उल्लेख गरे ।

शैक्षिक क्षेत्रमा लामो अनुभव भएका नेपालले जापानी उच्च शिक्षाको जटिलता, छात्रवृत्तिका अवसरहरू र शैक्षिक जीवनलाई आकार दिने सांस्कृतिक सक्ष्मताहरूबारे अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीले शैक्षिक परामर्शमा कार्यक्रममा गरेको बताए ।

स्नाकोत्तर तह अध्ययनपछि पीएचडीको लागि पनि सहयोग गर्ने बताउँदै उनल भने–अध्ययन गरिसकेपछि दुई लाख ६० हजारदेखि पाँच लाखसम्म तलब हुने छ । स्नाकोत्तर तहमा एआई सम्बन्धी र अन्य विविध सम्बन्धि पढ्न सकिने र धेरै विषयहरुमा छात्रवृत्ति पाउन सकिने उल्लेख गरे ।

शैक्षिक परामर्शमा कार्यक्रममा झापाका विभिन्न स्थानबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरुले जापानको भाषा तथा शैक्षिक अवस्थाका विषयमा जिज्ञासा राखेका थिए भने अध्ययन गर्नका लागि आवश्यक र्शक्षिक योग्यताका विषयमा प्रश्न गरेका थिए ।

सहभागि विद्यार्थीको जिज्ञासाका विषयमा जापान स्थित केसीजीआई कलेजका आनन्द नेपाल र अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक तुलसी पाठकले प्रष्ट परेका थिए । पछिल्लो समय अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउने उद्धेश्यले शैक्षिक परामर्श लगायतका कार्यक्रमहरु गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here