नेल्टा झापाको अध्यक्षमा प्रकाश पराजुली

0
9

सुरुङ्गा।

अङ्ग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाको नयाँ नेतृत्व चयन भएको छ ।

नेल्टा झापा शाखाको तेस्रो अधिवेसनले तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको हो । सर्वसम्मत निर्वाचित १५ सदस्यीय समितिको अध्यक्षमा प्रकाश पराजुली, उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिवमा सङ्गीता बस्नेत र कोषाध्यक्षमा वत्सल भट्टराई रहेका छन् ।

समितिको सदस्यमा रामप्रसाद पराजुली, दीपेन लिम्बू, अमिर तिम्सिना, पुण्यमाता खतिवडा, खेमराज आचार्य, समीक्षा गौतम, अनुप शर्मा, टेकनाथ शर्मा वाग्ले, राजेन्द्र अधिकारी र तारा लाबुङ चयन भएका छन् । त्यसरी नै, पालिका इञ्चार्जहरुमा कनकाई नगरपालिकामा तीर्थराज खरेल, शिवसताक्षी नगरपालिकामा गुरुप्रसाद पौडेल, बुद्धशान्ति गाउँपालिकामा दुर्गा रेग्मी र कमल गाउँपालिकामा निर्मल गडतौलालाई चयन गरिएको छ । सो अधिवेसनले धर्मेन्द्र भट्टराई, रुद्रबहादुर थापा, केशवप्रसाद मैनाली, टीकाप्रसाद सुवेदी र जेनी राईलाई सल्लाहकारको रुपमा जिम्मेवार दिएको छ ।

शिक्षकहरुका लागि तालिम, गोष्ठी, सेमिनार र सम्मेलनहरु सञ्चालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा सम्मेलनहरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ । नेल्टा झापाले राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपालमै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो । पेशागत विकासका लागि नेल्टाले गरेको योगदान कदरयोग्य रहेको छ ।

हाल झापाामा १५ सय बढी अंग्रेजी भाषा शिक्षक रहेका छन् । १९९२ मा नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) केद्रको स्थापना भएको थियो । तत्कालीन अवस्थामा नेपाल स्थित व्रिटिश काउन्सिलको विशेष सक्रियतामा वनेको यो संस्थाले नेपालको अंग्रेजी शिक्षामा महत्वपूर्ण योगदान दिएको छ । नेपालमा अंग्रेजी शिक्षामा व्यावसायिक रुपले सहकार्य र सहयोग एवं संचारको आदान प्रदान गर्नु नेल्टाको मुख्य उद्देश्य हो । हाल यो संस्थाका ५ दर्जन जिल्लामा शाखाहरु रहेका छन् भने ७ हजारभन्दा बढी आजीवन सदस्यहरु छन् ।

नेल्टाले हाल अमेरिकन दूतावास, ब्रिटिस काउन्सिल,भारतिय दूतावास,अष्टेलियन दूतावास,शिक्षा मन्त्रालय तथा अन्य विभिन्न निकायहरुसँग मिलेर धेरै कामहरु गरेको छ । खासगरि अमेरिकन दूतावासको सूक्ष्म अंग्रेजी पहुँच छात्रवृति योजनामा सार्वजनिक विद्यालयमा पढ्ने ९०० भन्दा वढी विद्यार्थीले अध्ययन गरिरहेका छन्। नेल्टाले यसबाहेक समय समयमा विभिन्न स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा,सम्मेलन र गोष्ठीहरुको आयोजना गरेर नेपालको अंग्रेजी सिकाइ प्रक्रियामा विविधता थपेको छ ।

यसबाहेक नेपालमा काम गर्ने अंग्रेजी शिक्षकहरुलाई अमेरिकन र बेलायत सरकारबाट प्राप्त हुने विभिन्न छात्रवृतिहरु प्रदान गरेर नेल्टाले अंग्रेजी शिक्षामा विशेष योगदान दिएको छ । यसका अतिरिक्त आफ्नो अनुसन्धान समितिमार्फत नेल्टाले नेपालमा अंगे्रजी शिक्षाको वर्तमान अवस्था र यसका चुनौती एवं समाधानका उपायहरु वारे व्यापक अध्ययन र अनुसन्धान गर्ने गरेको छ ।

विसं २०७३ मा स्थापित झापा नेल्टा ७ वर्षमा बाल्यवस्थाबाट प्रौढतातर्फ लागेको छ । अंग्रेजी भाषाका प्रायापक डां विष्णुसिंह राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेल्टा कोशी प्रदेश अध्यक्ष गुणराज नेपाल, एमफिल स्कलरहरु जेनी राई र उषाकिरण वाग्लेले अंग्रेजी भाषा शिक्षणको रुपान्तरण सम्बधमा आ–आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमा केद्रीय सदस्य केशवप्रसाद भट्टराई, कोशी प्रदेश महासचिव रवि बरालले शुभकामा मतव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here