अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा न्यू होप प्रथम

0
10

अर्जुनधारा ।

उधौली पर्वको अवसरमा चासोक तङनाम आयोजक समिति अर्जुनधाराद्वारा आयोजित आधारभूत तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा अर्जुनधारा–३स्थित न्यू होप अङग्रेजी आवासिय विद्यालयले प्रथम भएको छ ।

संस्थागत र सामुदायिक गरि जम्मा १० वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा–१का सिंहदेवी माध्यमिक विद्यालय र गणेश आधारभूत विद्यालय क्रमश द्धितीय र तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई यही पुस १० गते उधौली पर्वको समापन समारोहमा नगद पुरस्कार क्रमश २१ सय, १५ सय र नौ सयसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक मोहन सुब्बाले जानकारी दिए ।

अर्जुनधारा–१ स्थित मदनपुर खेलमैदानको परिसरमा समितिका अध्यक्ष राजेश जवेगु लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त पर्व अन्र्तगत सोमबार भेट्रान्स फुटबल प्रतियोगिता र मंगलबार वृहत सांगीतिक कार्यक्रम रहेको समितिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्षद्वय उपेन्द्र बस्नेत र सीताराम भट्टराई, नगर सभा सदस्य चन्द्रमाया तामाङ, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराका अध्यक्ष वृखबहादुर गोले, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, मदनपुर युवा क्लबका अध्यक्ष देबेन्द्र सेन्दाङ, सामाजिक व्यक्तित्व रुद्र फागोलगायतको आतिथ्यता रहेको थियो ।

संयोजक सुब्बाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य वीजेन्द्रकुमार एक्तेनले गरेका थिए । यसैबीच सोही पर्वको अवसरमा सेवासाँवाहरु(पूजारी)बाट स्थानीय टाङटीङ नदी किनारमा पूजाअर्चनाको कार्यक्रम सम्पन्न भएको सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here