झापामा बस र स्कुटर ठोक्किँदा…

0
7

झापा ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकामा बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–४ स्थित ज्योति चोकमा सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका– ७ का ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो ।

स्कुटर चालक अर्जुनधारा–९ का २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी– ६ का ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here