पथरीशनिश्चरेमा चासोक तङ्नाम मनाइयो

0
9

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा रहेको सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा सिरीजंगा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेको आयोजनामा लिम्बू समुदायको महान चार्ड चासोक तङ्नाम तथा उधौली पर्व (येले सम्वत् ५०८३) सम्पन्न भएको हो।

सोहि अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सबै जातजातिको एकताभित्र विविधता र विविधतामा नै एकता भएको बताए ।

मंगलबार सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा सिरीजंगा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेद्वारा आयोजित चासोक तङ्नाम तथा उधौली पूजा ( येले सम्वत् ५०८३) को अवसरमा नगरप्रमुख तुम्वापोले समाज बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक भएकोले नगरपालिकाले सबै धर्मको समान संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकता दिदैं अघि बढ्ने प्रतिवद्धता जनाए ।

सिरीजंगा स्मृति धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी गाँउ पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, २ का नैना राई, ८ का वडाध्यक्ष नवीनजंग कार्की, किरात राई यायोक्खा केन्द्रीय उप महासचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ नगरअध्यक्ष विक्रम लिम्बुले सञ्चालन गरेका थिए । लिम्बू समुदायको ऐतिहासिक मौलिक भाले जुधाईं खेल , केलाङ , हाक्पारे, छेलो ,लङ्जम्प, भलिबल,आदि खेलहरूको आयोजना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here