प्याब्सन बिर्तामोडको सभा

0
7

झापा ।

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको पालिका स्तरीय साधारण सभा सम्पन्न भएको छ ।

प्याब्सनका पूर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । सह–सचिब देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा सचिव सुरेन्द्र खरेलले संगठनको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सचिब हरिकृष्ण पाठकले शुभकामना राखेका थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानीय सरकारले संस्थागत बिद्यालयले गरेको योगदानको मुल्यांकन गर्न कन्जुस्याइँ गरेको बताए । नगर प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षता रहेको साधारणसभामा स्वागत मन्तब्य राख्दै सह-सचिब हुमागाईले स्थानीय सरकारले विभिन्न बहानामा दुःख दिने वातावरण निर्माण गरेको बताए । उनले कहिले परिक्षाको नाममा त कहिले छात्रवृत्तिको नाममा निजि बिद्यालयलाई स्थानीय सरकारले विभेद गरेको उल्लेख गरे ।


अध्यक्ष खनालले कक्षा ११ र १२को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम बितरण गरिएको र बिद्यालय ग्रेडिङको प्रस्ताव लाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले एकता आवस्यक भएको बताउदै संस्थागत बिद्यालय लाई एकीकृत हुन आग्रह समेत गरे । बिर्तामोड नगरपालिका भित्र ४८ वटा संस्थागत बिद्यालय प्याब्सनमा आबद्ध भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here