मेची बहुमुखी क्याम्पस र जापानको केसीजीआई कलेज बीच शैक्षिक समझौता

0
16

झापा ।

नेपाली विद्यार्थीका लागि जापान शैक्षिक तथा रोजगारीको प्रमुख गन्तब्य बनिरहेका बेला झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर र जापानको क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्स (केसीजीआई) बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा(केसीजीआई) प्रोफेसर डा.ग्यारी होइची सुचिमोची र मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गरेका छन् । शैक्षिक ज्ञान आदान प्रदानका साथै प्राविधिक शिक्षामा जापानको कलेजले सहयोग गर्ने भएको हो । क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्समा अध्ययन गर्नको लागि जापान उत्तम गन्तव्य र पढाइ पश्चात रोजगारीको अवसर रहेको प्रोफेसर डा. ग्यारी होइची सुचिमोचीले बताए ।

आईएलटीएस आवश्यक नभएको र अंग्रेजी माध्यमबाट जुनसुकै संकाय पढे पनि जापानमा स्नातकोत्तर पढ्न पाउने (केसीजीआई) कलेजका व्याख्यान र शैक्षिक संयोजक आनन्द नेपालले बताए। शैक्षिक संयोजक नेपालले यस सम्झौताले नेपालबाट जापानमा स्नाकोत्तर पढ्न चाहनेका लागि एक कोसे ढुङ्गा सावित हुने बताए ।

अध्ययन पश्चात विद्यार्थीहरूले आफ्नै आइटी कम्पनी खोल्न सक्ने र यस कम्पनी मार्फत अरुलाई रोजगार दिन सकेमा देशमै केही गर्ने युवाहरूको लागि र देशमा बस्ने युवाहरूको लागि उचित वातावरण हुनेछ भन्दै नेपालले अहिलेको यो सूचना प्रविधिको क्षेत्रमा आफूले आफूलाई सूचना प्रविधिमा अगाडि बढाएर देशलाई नै केही थप योगदान दिन सक्ने उल्ले गरे ।

कार्यक्रममा स्नाकोत्तरमा एआई सम्बन्धी र अन्य एआईका विविध विषय सम्बन्धी पढ्न साथै विद्यार्थीलाई पहिलो वर्ष १००% छात्रवृत्ति प्रदान गरिने नेपालले जानकारी दिए । सम्झौता संगै भएको शैक्षिक परामर्श कार्यक्रममा झापाका विभिन्न स्थानबाट स्नातक तथा स्नाकोत्तर तह अध्धयन गरिरहेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको अर्बन स्पेसका सञ्चालक तुलसी पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here