एक महिने ब्यूटी पार्लर तालिम माईमा सम्पन्न

0
17

विमल दहाल, इलाम ।

माई नगरपालिकामा एक महिने ब्यूटी पार्लर तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना र माई नगरपालिका इलामको समन्वयमा ब्युटी पार्लर शुक्रबार सम्पन्न भएको हो । एक महिने ब्यूटी पार्लर तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा सहभागी भएकाहरूलाई माई नगरपालिका प्रमुख खम्बा सिंह लिम्बू, उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, सामाजिक विकास शाखा प्रमुख राजेन्द्र राई लगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख लिम्बूले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा महिलाहरूलाई आत्मनिर्भर बनाउने क्षमता अभिवृद्धिमा नगरपालिका अगाडी बढ्ने बताउनुभयो । उपप्रमुख भण्डारीले सिकेका सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले निरन्तर व्यवसाय सञ्चालनका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो।

उहाँले सकारात्मक सोच, धर्यता साथ असल ब्यवहारका साथ व्यवसाय अगाडी वढाउन सहभागीहरुलाई सुझाव दिनुभएको थियो। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय इलामका अधिकृत प्रमिला पौडेलले जानकारी दिनुभयो।

माई नगरपालिका भित्रका १२ जना सहभागी रहेको तालिममा सहभागी धनकुमारी सेलिङ लिम्बूले एक महिने तालिम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रशिक्षक सेदृष्टिया श्रेष्ठ प्रदान गर्नु भएको तालिमको समापन पछी सहभागीहरुले तालिम पछि आत्मनिर्भर हुन सहज भएको बताएका छन् । उनीहरूले चाँडै तालिममा सिकेका कुरालाई व्यवसाय सञ्चालन गरेर ब्यवहारमा उतार्ने जानकारी दिएको माई नगरपालिका मेडपा कार्यक्रम संयोजक निकि मेचेले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here