महारानीगञ्ज माविको ६६ औं वार्षिकोत्सव शुरु

0
15

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६६औं वार्षिकोत्सव शनिबारदेखि शुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीले उद्घाटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको उक्त कार्यक्रममा निवर्तमान प्रदेश सांसद् वृखबहादुर प्रधान, अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनाम र जुनकिरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर राना मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तीन दिन सम्म सञ्चालन हुने वार्षिकोत्सव अन्र्तगत शनिबार अन्तर सदन खेलकुद प्रतियोगिता, आइतबार सांस्कृतिक कार्यक्रम तथा हाजिरी जवाफ प्रतियोगिता र सोमबार अन्तर माध्यमिक विद्यालय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल हुने बताइएको छ ।

शिक्षक मणिलाल खड्का र विद्यार्थीहरुबाट स्वागत गीत प्रस्तुत भएको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here