१४औं रा.र.शि.नगरस्तरिय प्रतियोगिताको उपाधि शनिश्चरे माविलाई

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले १४औं राष्ट्रपति रनिङ शिल्ड नगरस्तरिय प्रतियोगिता–२०८०को उपाधि जित्न सफल भएको छ ।

गत वर्ष सम्पन्न १३औं राष्ट्रपति रनिङ शिल्ड नगरस्तरिय प्रतियोगिताका विजेता समेत रहेको शनिश्चरे माविले १५ वटा स्वर्ण, १० वटा रजत र ९ वटा कास्य गरि जम्मा ३४ वटा पदकसहित शनिश्चरेले उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा १३ वटा स्वर्ण, ८ वटा रजत र २ वटा कास्य गरि जम्मा २३ वटा पदकसहित अर्जुनधारा–३स्थित जनता माध्यमिक विद्यालय द्धितीय, ८ वटा स्वर्ण र ३ वटा रजत गरि जम्मा ११ वटा पदकसहित अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ स्कूल तृतीय र ६ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा कास्य गरि जम्मा १६ वटा पदकसहित अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय चौथो भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयसँगै विभिन्न खेल विधामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”, अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, समापन कार्यक्रमका अध्यक्ष एवम् नगर सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार “भोला”, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलालगायतले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा गत माघ १० देखि शनिश्चरे माविको खेलमैदानमा तीन दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा २२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । सोही कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यालयहरुलाई सहभागिताको प्रमाण पत्र र खेल शिक्षक, अफिसियल, प्राविधिकलगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता आयोजक समितिका सदस्य सचिव एवम् शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्राविधिक समितिका सहसंयोजक शिक्षक तिलचन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here