बाल सुबोधिनी माविको ५६ औँ वार्षिक उत्सव

0
7

दुहागढी ।

बाल सुबोधिनी माध्यमिक विद्यालय मेचीनगर १४ दुहागढी झापाको ५६ औँ वार्षिक उत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तर सदनात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकको रुपमा खगेन्द्र न्यौपाने र पवित्रा दाहाल, उत्कृष्ट कर्मचारी रोहित राजवंशी, एस.ई.ई. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु रिङ्कु खड्का, केलिना भुजेल, समिर दर्जी र वर्ष उत्कृष्ट अभिभावकहरु शर्मिला विर्जा, नुरसैना खातुन, निरा फुयल, दिपा राजवंशी, विना कार्की राजवंशी र अन्जना लिम्बु न्यौपानेलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न दाताहरुबाट स्थापित देविप्रसाद नैनकला छात्रवृत्ति, रञ्जना कन्दङ्वा स्मृति छात्रवृत्ति, जयप्रसाद राधादेवी छात्रवृत्ति, रामप्रसाद शिवमाया छात्रवृत्ति, रमेशकुमार स्मृति छात्रवृत्ति, नारायणप्रसाद एवम तुलसादेवी दाहाल स्मृति छात्रवृत्तिबाट ५० जना उत्कृष्ट विद्यार्थीहरुलाई १ हजार देखि ४ हजार रुपैया सम्म प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नगर शिक्षा अधिकृत पवित्रा ढकाल, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चम्लागाईँ, विशिष्ट अतिथि मेचीनगर १४ का वडा अध्यक्ष बाबुलाल सुब्बा, प्रमुख अतिथि उप्रेतीले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शंकरलाल राजवंशीको सभापतित्व तथा व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक पदम प्रसाद मिश्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here