मेनुकाले पाइन् ‘आँखा देख्ने’ चस्मा

0
14

बिर्तामोड ।

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलका कारण अहिले चर्चामा छिन् । दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।

उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्छिन् । आइतबार प्रशारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन् ।

जहाँ मेनुकाले उक्त चस्मा लगाएर डेमोसमेत देखाइएको थियो । चस्मा लगाएपछि मेनुकाअघि जज कुमार सानु आएका थिए । त्यसपछि एआईजडित चस्माले अंगेजी भाषामा कुमार सानु अघि उभिएका छन्– भनेको थियो ।

उनले अक्षरसमेत चिनेकी थिइन् । त्यसपछि डाक्टरले उक्त चस्माको विशेषताबारे जानकारी दिएका थिए । मेनुकालाई दिइएको चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त तस्बिरबारे बताउँछ ।

चस्माको सेन्सरमा एआई जडान गरिएको हुन्छ । चस्माको साइटमा पाँच अक्षरसमेत छन् । जसलाई थिचेर काम डेमो भइसकेपछि मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यावाद दिइन् ।

‘मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन । जो तपाईंहरुले दिनुभयो । यसका लागि धेरै धेरै धन्यावाद ! मजस्तै अन्य थुप्रै हुनुहुन्छ । जसलाई म मद्दत गर्न सकूँ’– उनले भनेकी छन् ।
प्रभास स्टार र फिल्म सलारको गीत समेत गाइसकेकी मेनुका अहिले इन्डियन आइडलको टप १० मा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here