जागरुक कृषि सहकारी सस्थाद्वारा हात्ती धपाउने सामग्री वितरण

0
9

कमल ।

कमल गाउँपालिका ३ स्थित जागरुक कृषि सहकारी सस्थाले आज एक कार्यक्रमका बीच हात्ती धपाउने सामग्री वितरण गरेको छ ।

जंङ्गली हात्तीका कारण समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउन सहजहोस भन्ने उद्येश्यीयले सामाग्री वितरण गरेको सस्थाले जनाएको छ ।

कमल गाउँपालिका ३ नम्बर वडामा रहेको ९ वटा टोल विकास सस्थाहरु मध्ये हात्ती प्रभावित हाम्रो टोल विकास सस्था, सानुकेर्खा, फाल्गुनन्द, शिवालय डाँडाटोल, शान्ति संगम र न्यूरोड टोल विकास सस्था गरी जम्मा ६ वटा टोल विकास सस्थालाई हात्ती धपाउने सामग्री वितरण गरिएको सस्था अध्यक्ष कमल घिमिरेले बताए ।

दैनिक जसो जंगली हात्ती कारण समस्या भोग्दै आएका टोल बासीलाई थोरै भएपनि यो समाग्रीले हात्ती धमाउन सहयोग पुग्ने हाम्रो टोल विकास संस्थाका अध्यक्ष आशीष लेछर्वोले बताए ।

कार्यक्रमको सहजीकरण सस्थाका उपाध्यक्ष गोपाल खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here