अर्जुनधारामा दोस्रो यू–१८ वडास्तरिय नकआउट फुटबल शुरु

0
16

अर्जुनधारा ।

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापाको अर्जुनधारा–८स्थित शनिश्चरे फुटबल क्लबको आयोजनामा शुक्रबारदेखि दोस्रो यू–१८ वडास्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

अर्जुनधारा–७ र ८ नं. वडा कार्यालय सहआयोजक रहेको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् ।

क्लबका सचिव हरि गुरुङको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा बिर्तामोड–५स्थित खाँडादेवी गार्मेन्ट र दुर्गा भगवती इम्पेक्सका सञ्चालक प्रेमकृष्ण श्रेष्ठले क्लबलाई ३५ थान जर्सी सेट प्रदान गरेका थिए ।

यसैबिच सोही दिन सम्पन्न उद्घाटन खेलमा अर्जुनधारा–५ लाई ०–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–२ विजयी भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा भएको खेलमा अर्जुनधारा–२को जीतको लागि खेलको २२औं मिनेटमा पबेन्द्र सेञ्चुरी र २७ औं मिनेटमा मिराक लिम्बूले गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ दी म्याच घोषित पबेन्द्र सेञ्चुरीलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।

भोलि (शनिबार) को पहिलो खेल १२ः३० बजे अर्जुनधारा–१ र अर्जुनधारा–३ तथा दोस्रो खेल २ः३० बजे अर्जुनधारा–६ र अर्जुनधारा–११बिच हुने बताइएको छ । माघ २६ गते फाइनल रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here