‘पर्या- पर्यावरण तथा पर्यटन विकास र प्रवर्द्धन गर्दै अर्थोपार्जनका लागि सबैले जिम्मेवार हुनुपर्छ’

0
20

छविराज ढकाल,
पथरीशनिश्चरे ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले जलवायु परिवर्तन कम गर्न र वातावरण स्वच्छ राख्दै पर्या- पर्यावरण तथा पर्यटन विकास र प्रवर्द्धन गर्दै अर्थोपार्जनका लागि सबैले जिम्मेवार भएर लाग्न आवश्यक रहेको बताउनुभयो।

आज मोरङको पथरीशनिश्चरे ०१ शान्ति भुल्के सिमसारमा उप्रेतीले मोरङको पथरीशनिश्चरे ०१ को शान्ति भुल्के सिमसारमा आयोजित समारोहमा सो कुरा बताउनु भएको हो। डिभिजन वन कार्यालय मोरङ र शान्ति सामुदायिक वन उपभोक्ता समुह पथरी शनिश्चरेको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मन्त्री उप्रेतीले प्रदेश भित्रका सबै सिमसार र पर्या पर्यटकलाई प्रवर्दन गर्न सामुदायिक वन उपभोक्ता समुहहरूले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नु भएको थियो।

फूल रोपिएको गमलामा पानी हालेर उद्घाटन गर्नु हुँदै मन्त्री उप्रेतीले पथरीशनिश्चरे नगरभित्रका सबै सिमसार र पर्या पर्यटन विकासका लागि प्रदेश सरकारले विशेष महत्त्वका साथ सहयोग पुर्याउने विश्वास दिलाउनु भयो।

सोहि अवसरमा पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापोले नगरभित्रका सबै सिमसारले मानव जीवन र सजिव प्राणीहरूको लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको भन्दै तिनको संरक्षण तथा सम्बर्द्धनका लागि नगरपालिकाको मात्रै एक्लो प्रयासले सम्भव नहुने भन्नुभयो। उहाँले प्रदेश र संघीय सरकारले पनि सहयोग पुर्याउन आग्रह गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझै व्यवस्थित गर्न सम्वद्ध सबै निकाय तथा पक्षलाई आग्रह गर्नुभयो।

शान्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुलमणि गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्षहरू क्रमशः भीम कुमार राई,जीवन खतिवडा, समाजसेवी तुलसी ढकाल , लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अतिथिहरुले उक्त सामुदायिक वन क्षेत्रमा रहेका सिमसारहरू , पर्यावरण सम्बन्धी एभरेष्ट आर्ट भ्युजन र पञ्चायत फाईन आर्टका विद्याथीहरूले बनाएका कलाकृतिहरूको समेत अवलोकन गर्नु भएको थियो। सोहि अवसरमा नगरका विभिन्न विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरूले बनाएका पर्यावरण सम्बन्धी चित्रकलाका उत्कृष्ट छात्र- छात्राहरूलाई ट्रफी , मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here