भारतीय नौसेनाद्वारा १९ पाकिस्तानीको उद्धार

0
13

काठमाण्डौं ।

भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नइमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ। साथै सोमबार १९ पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले विज्ञप्तिमा जनाएको छ।

सोमाली समुद्री डाकुहरूबाट इरानी झन्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ। सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैतीविरोधी कारबाहीमा चालक दलका १७ सदस्य सहभागी थिए।

भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले संकटग्रस्त जहाजलाई रोकी माछा मार्ने जहाज पत्ता लगाएको थियो। बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यलाई उद्धार गरिएको छ।

युद्धपोतले डुंगासहित चालक दलका सदस्यको सुरक्षित रिहाइका लागि समुद्री डाकुलाई बाध्य पारी डुंगासहित सबै १९ जनाको रिहाइ गरेको छ।

आइएनएस सुमित्राले ३६ घन्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी)सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजसमेत उद्धार गरेको छ।

प्रतिकृया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here