नेटा भी इलेक्ट्रिक, केवाईसी र किङलोन गाडी बिर्तामोडमा

0
17

झापा ।

नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको नेटा भी इलेक्ट्रोनिक, केवाइसी भ्यान र किमलोन गाडी अब झापाको बिर्तामोडमा पनि सहज रुपमा उपलब्ध भएको छ ।

बिर्तामोडस्थित महानन्द चौक नजिकै फोटेक्स डिस्ट्रिव्यूटर्स प्रालिले पूर्वका लागि यी गाडीको बिक्री बितरण गर्दै आएको छ । नेपाली बजारमा हालै भित्रिएको केवाईसी भी५ इलेक्ट्रिक भ्यानको चर्चा बढिरहेका बेला झापाको बिर्तामोडमा पनि यो गाडी भित्रिएको हो । सीजी मोटर्सले नेपाली बजारमा भित्र्याएको उक्त ११ सिटर इलेक्ट्रिक भ्यान झापामा भित्रिएसंगै बिक्री बितरण शुरु भएको हो ।

१८० एमएम ग्राउन्ड क्यिलरेन्स भएको र सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने बताइएको सो इलेक्ट्रिक भ्यानबाट प्रदूषणमुक्त तरिकाले यात्रा गर्न सकिनुका साथै पैसाको समेत बचत हुन्छ । यसले गर्दा विशेष गरी लामो दुरीमा यात्रा गराउने व्यवसायमा संलग्न व्यवसायीहरु यो भ्यानप्रति आकर्षित भएको पाइन्छ । ६.६ किलोवाटको नर्मल चार्जरबाट चार्ज गर्न सकिने सो भ्यानमा सीएटीएलको ब्याट्री प्रयोग गरिएको छ । ईभी व्याट्री उत्पादन गर्ने सीएटीएल विश्वकै सबैभन्दा ठूलो कम्पनी हो, जसले टेस्लाका लागि समेत व्याट्री उत्पादन गर्छ ।

यसमा ४१.८६ किलोवाट आवर र १२५ एएचको व्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने बताइएको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्नु नपर्ने र थोरै खर्चमा यात्रा सम्पन्न हुने भएकाले व्यवसायीहरुले यसलाई निकै नै रुचाएको पाइन्छ । यो गाडीमा सेन्ट्रल लकिङ सहितको इलेक्ट्रिक विन्डो, एबीएस, ईपीएस, डीआरएल, फ्रन्ट फगल्याम्प, एमपीथ्री, टीपीएमएस, ईडीआर लगायतका सुविधा उपलब्ध छ ।

थप सुविधाको रुपमा यसमा एसी, एमपी फाइभ तथा रियरभ्यु क्यामेरा, आल्मुनियम ह्वील आदि प्रयोग गर्न सकिन्छ । एबीएससहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इञ्चको अलोय ह्वील जस्ता फिचर छन् । यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ ।

आकर्षक फिचरमा रहेका यी गाडीहरु २० प्रतिशत क्यास पेमेन्टमै उपलब्ध हुने प्रालिका सञ्चालक सुवास निरौलाले जानकारी दिए । वातावरणमैत्री विद्युतीय सवारीका रुपमा रहेको यो गाडी विभिन्न रंगमा उपलब्ध रहेको छ । बिर्तामोडस्थित सोरुममा हाल नेटा भी, केवाईसी भी फाइभ ११ सिटर र १४ सिटर छन् भने किमलोन गाडी समेत उपलब्ध रहेको फोटेक्स डिस्ट्रिव्यूटर्स प्रालिका सञ्चालक रुसी खनाल निरौलाले बताइन् ।

त्यस्तै नेटा भीमा नयाँ आधुनिक विशेषताहरु पाउन सकिने उनको भनाइ छ । यसमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, फ्रन्ट फेसिका, डिजिटल ड्राइभर, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ ।

यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प दिइएको बताइएको छ । त्यस्तै यसमा अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर रहेको बताइएको छ । स्पोर्टस् कारबाट प्रेरित टु स्पोक स्टेरिङ ह्वील, सार्प ड्यासबोर्ड र पियु लेदर सिट यसको बलियो पक्ष रहेको बताइन्छ ।

यो गाडी भीक्रस ओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर इभी प्लेटमार्फत उत्पादित इभी हरेको सीजी मोटर्स कम्पनीका शिशिर सुवेदीले बताए । ३८.५ किलोवाट क्षमताको व्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरिने र १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता रहेको उनको भनाइ छ ।

करिवा २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशतसम्म फास्ट चार्ज हुने गाडीले फूलचार्जमा ३८० किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीको दावी छ विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले एक लाख ५० हजार किलोमिटरमा ८ वर्षको वारेन्टी प्रदान गरेको प्रालिकी सञ्चालक रुसाले बताइन् । खनाल निरौलाले बताइन् ।

प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने बिर्तामोडमा आयोजित कस्टुमर मिटमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here