भीमसेनको स्थापना दिवसमा अन्तरक्रिया

0
7

सुरुङ्गा ।

भीमसेन साकोस सुरुङ्गाको १४ औं स्थापना दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तीर्थराज खरेल र प्रयागराज काफ्लेले सहजीकरण गरेका थिए । संस्थाका सञ्चालक समिति सदस्यसमेत रहेका खरेलले सहकारी राम्रो बनाउने कुरा सहकारीकर्मीको हातमा रहेको बताए ।

सहकारीले समाजका सबै वर्ग, तह र तप्काका मानिसलाई बिना भेदभाव एकै ठाउँमा भेला गरेर सामूहिक हितमा छलफल र बहस गर्ने र आफूले सकेको पूँजी निवेश गरी आर्थिक क्रियाकलापमा सरिक हुन बाटो खोल्ने खरेलको भनाइ थियो । अनेक विकृति, चुनौती र जोखिम सहकारी क्षेत्रमा देखा परिरहेको आजको अवस्थामा सहकारीमा सिद्धान्त, मूल्य, मान्यता र आदर्शहरूको प्रभावकारी परिपालना गर्दै समुदायमा आधारित उत्पादनकेन्द्रित, सुशासित र अनुशासित व्यवसाय सञ्चालन गर्नुपर्ने खरेलको जोड थियो ।

त्यसै गरी, वित्तीय क्षेत्रबाट हालै सेवानिवृत्त काफ्ले कनकाई नगर क्षेत्रका एक अग्रणी सहकारीकर्मी मानिन्छन् । काफ्लेले सहकारीको नाउँमा सहकारीका सिद्धान्त र मूल्य मान्यता विपरीत कार्य गर्ने केही व्यक्ति एवं समूहहरूका कारण विशेष गरी वित्तीय कारोबार गर्ने सहकारीले केही हदसम्म बद्नामी कमाएको बताए ।

समाजमा रहेका मानिसहरूको सहकारीे ज्ञानको कमीका साथै मानिसमा रहेको लोभीपनलाई निजी स्वार्थ पूरा गर्न पल्केका व्यक्ति तथा समूहहरूले सजिलै फाइदा लुट्न सक्छन् भन्ने कुरा सहकारीमा पनि देखिएकोले सहकारीले गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै त्यसमा देखिएका कमीकमजोरी तथा विकृति रोक्न र यसबाट बचाउनका लागि नियमनकारी निकाय र सहकारी अभियन्ताहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको विचार थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भरतकुमार श्रेष्ठ, पूर्व सल्लाहकार मानबहादुर भुजेल, ऋण समितिका सदस्य कृष्ण अधिकारी, लेखा परीक्षण समिति सदस्य कुमार पाठक, व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठ, शेयर सदस्य रूद्रबहादुर श्रेष्ठ, कर्मचारीद्वय रविना दाहाल र कमला श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा ऋण समिति संयोजक भीमबहादुर श्रेष्ठ, आदिवासी जनजाति महासङ्घ झापा जिल्ला सचिव लक्ष्मणज्वयल श्रेष्ठ, संस्थाका सल्लाहकारद्वय रामबाबु महर्जन र मैया चौहान, पूर्व सल्लाहकार काजी पाठक लगायतको आतिथ्य रहेको थियोे ।

उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तेजबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here