लर्ड बुद्ध साकोसको २२ औं स्थापना दिवसमा विविध कार्यक्रम

0
17

पथरी शनिश्चरे,

लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे०२ ले आफ्नो २२ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । जेष्ठ सदस्य सम्मान तथा वक्तृत्व प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई पुरस्कार वितरण गरेर मनाएको हो।

उक्त कार्यक्रममा ।पथरीशनिश्चरे २ का पदमबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे २ का वडा अध्यक्ष नैना राईले सम्मानपत्र प्रदान गरेका थिए ।

यस्तै सबैभन्दा बढी शेयर सदस्य सिफारिस गर्ने विजय राईलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने एकल सेयर सदस्य महिलाहरुलाई नगद २ हजारका दरले राहत वितरण थियो । उत्कृष्ट कर्मचारीको रुपमा सहायक ब्यवस्थापक राज निरौलालाई ५० कित्ता शेयरको प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएको सचिव महेन्द्र ढुङगानाले जानकारी दिएका छन्।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागीता जनाएर प्रथम हुने न्यू पेगोडा ईङलिस बोडिङ स्कुल पथरीशनिश्चरेका १ सरमन ढुङगेल, द्धितिय हुने वाल्मीकि मेमोरियल माविकी राशी कार्की, तृतिय हुने चन्द्र किरातेश्वर माविकी खुसी आङदेम्बे र सान्त्वना रेडस्टार माविका छात्र- आराध्य खडकालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको संस्थाका व्यवस्थापक गणेश कुमार राईले बताउनुभयो ।

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थागत रुपमा सहभागिता जनाउने रेडस्टार मावि र शान्ति टोल विकास समिति पथरीशनिश्चरे २ लाई प्रदान गर्दै संस्थाको जेष्ठ सदस्यहरुलाई आजिवन भत्ता वितरण गरिएको थियो ।

३६ जना जेष्ठ सदस्यहरूलाई सो साकोसले आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई गएको कार्तिक, मंसिर र पुस महिनासम्मको एकमुष्ट बचत रकम तथा पेन्सन भत्ताको रकम सहित सम्मान गरिएको व्यवस्थापक गणेशकुमार राईले बताएका छन्।

संस्थाका अध्यक्ष धनराज राई (अमिर) को अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेन्द्र ढुङगानाले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here