अर्जुनधारा जेसीजको लोम अफिसर ट्रेनिङ र प्री इन्डक्सन कार्यक्रम

0
13

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरे शाखाको आयोजनामा सोमबार लोम अफिसर ट्रेनिङ एण्ड प्री इन्डक्सन कार्यक्रम सम्पन्न भएको छ ।

शाखाका पदाधिकारी तथा सदस्य एवम् जेसीजमा आउन चाहने युवाहरुलाई जेसीजको अर्थ र जेसीजमा आबद्ध जेसीको काम, कर्तव्य र अधिकार बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

शाखाको सभाहलमा सहजकर्ता विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाईंले सहजिकरण गरेको कार्यक्रममा ३० जना बढीको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष बुढाथोकीको अध्यक्षता र कार्यक्रम संयोजक रमेश विष्टको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका योजना शाखा प्रमुख हीमराज सेढाईंले उद्घाटन गरेका थिए ।

कार्यक्रममा झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । शाखाका सचिव गौरव भण्डारीले जेसीज आस्था वाचनसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here