निहारीका माविको नव निर्मित भवन उद्घाटन

0
8

कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित निहारीका माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका छन् ।

२९औं अक्षरारम्भ दिवसको अवसर पारेर विद्यालयको नव निर्मित भवनको विधिवत पूजा अर्चना पछि गाउँपालिकाका अध्यक्ष राईले उद्घाटन गरेका हुन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन चार तलाको रहेको छ भने भवनमा १९ कोठा रहेको विद्यालयका संस्थापक युवराज बरालले जानकारी दिए ।

कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, जिल्ला सदस्य त्रिलोचन गौतम, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल , नेपाल शिक्षक संगठन कमलका अध्यक्ष मधुसुदन अधिकारी, प्याब्सन कमलका अध्यक्ष बदीराम राई, अध्यक्षका स्वकिय सचिव रोशन दाहाल , केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष तथा कमल नगर जेसिजका अध्यक्ष देबेन्द्र दाहाल, कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, एनएमबी बैक केर्खा शाखा प्रमुख चित्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

बसन्त पन्चमी समेत परेकोले विध्यालयमा सरस्वती पुजा गरी प्रसाद समेत वितरण गरिएको विध्यालयका प्रिन्सिपल गोपाल पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here