अर्जुनधारा जेसीज शनिश्चरेद्वारा शैक्षिक तथा खेलकुद सामग्री वितरण

0
10

अर्जुनधारा ।

वसन्त पञ्चमीको अवसरमा अर्जुनधारा जेसीज शनिश्चरे शाखाले बुधबार झापाको अर्जुनधारा–२ गाँजाबारीस्थित नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरुको पठनपाठनमा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयका ९० जनालाई कापी २८८ थान, बलपेन २०० वटा, पन्सिल ५०० वटा, अंग्रेजी र नेपाली वर्णमाला २ थान, फुटबल १ थान, ब्याडमिन्टन(१ रोल ककसहित) १ थान वितरण गरिएको शाखाका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

शाखाका अध्यक्ष बुढाथोकीको अध्यक्षता र कार्यक्रम संयोजक एवम् उपाध्यक्ष सागर घिमिरेको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वडा सदस्यद्वय प्रेम उपरकोटी र शर्मिला सुब्बा, शाखाका पूर्व अध्यक्ष दिपीन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कोइरालालगायतले उक्त सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

शाखाका कार्यकारिणी उपाध्यक्ष भवानी बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here