तक्षशीलामा ‘तक्षशीला महोत्सव’

0
9

बिर्तामोड ।

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको तक्षशीला प्रोगेसिभ इंग्लिस स्कूलमा ‘तक्षशीला महोत्सव’ आयोजना भएको छ । शनिवारबाट शुरु भएको तक्षशीला महोत्सव एक हप्तासम्म सञ्चालन हुने स्कूलले जनाएको छ ।

बिद्यार्थीलाई अध्ययन मात्र नभएर क्षमता विकाससहित व्यवहारिक शिक्षा दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रिन्सिपल डा. भीक्टर जोसफले जानकारी दिए । उनका अनुसार पूर्वमै पहिलोपटक तक्षशीला प्रोगेसिभ इंग्लिस स्कूलले त्यस प्रकारको महोत्सव आयोजना गरेको हो ।

प्रिन्सिपल डा. जोसफको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रोफेसर डा. उमेश शर्माको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि डा. प्रोफेसर शर्मा, बिशिष्ट अतिथि डा. बसन्त जोशी, डा. अञ्जली कार्कीलगायतले पानसमा दीप प्रज्ज्वलन गर्दै परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेको थिए ।

इन्दिरा गिरीले सञ्चालन गरेको कार्यक्रममा बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी, डा. निराजन प्रसाईलगायतको आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन शक्तिकुमारी तामाङले गरेकी थिइन् ।

महोत्सवमा विद्यार्थीहरुले बिभिन्न प्रकारका स्टलहरुसमेत राखेका छन् । विद्यार्थीले लाइभ म्युजिक, फुड, फेस पेन्टिङ, सेल्फी कन्टेष्ट, गेमलगायतका स्टलहरु प्रदर्शन गरेका छन् । त्यसैगरी विभिन्न नृत्य, गायन, संगीतलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत गरेका थिए । कार्यक्रम उद्घाटन अघि विद्यार्थीहरुले बिभिन्न भेषभुषामा र्याली समेत गरेका थिए ।

सोही कार्यक्रमका अवसरमा प्रि–स्कूल लिटल आइन्सटाइस पनि शुरु गरिने बताइएको छ । कार्यक्रममा नगरस्तरीय तथा इन्टर स्कूल खेलकूद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिने स्कूलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here