शनिश्चरे माविको ७६ औं वार्षिकोत्सव सम्पन्न

0
17

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव आइतबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी थिइन् ।

सोही कार्यक्रमको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, विद्यालयमा स्थापना गरिएको विभिन्न छात्रवृत्ति वितरण, निवर्तमान प्रधानाध्यापक विदाइ, प्रतियोगितात्मक नृत्य प्रतियोगिता, गायन आदि प्रस्तुत गरिएको थियो । सम्मान कार्यक्रम अन्र्तगत वर्ष उत्कृष्ट शिक्षकतर्फ भीम नेपाल र वर्ष उत्कृष्ट कर्मचारीतर्फ सहयोगी जुनिता गिरीलाई सम्मान पत्रसहित नगद पुरस्कार र उत्कृष्ट अभिभावकतर्फ इन्द्र गहतराजलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी विद्यालयमा स्थापना भएको रुद्रतोरण स्मृति अक्षयकोष, खगेन्द्रविभा वृत्तिविकास अक्षयकोष, लोकनाथहेमकला वृत्तिविकास अक्षयकोष, विसजु सेमन्ता श्रेष्ठ स्मृति अक्षयकोष जेहेन्दार छात्रवृत्ति, छत्र थापा स्मृति अक्षयकोष र हरिविलास वन स्मृति अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक चेतामणि खनाललाई विदाइ गरिएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, निवर्तमान प्रधानाध्यापक खनाल, सामाजिक व्यक्तित्व लवकुश गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षक पूण्य सुवेदीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय भीम नेपाल र जीवन धितालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here