अर्जुनधारा जेसीजद्वारा खाद्यान्न तथा सेनेटरी सामग्री वितरण

0
7

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरे शाखाले अर्जुनधारा–६ कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकाहरुलाई खाद्यान्न तथा सेनेटरी सामग्री वितरण गरेको छ ।

शाखाका उपाध्यक्ष भीम बरालको जन्मोत्सवसँगै शाखाको सामुदायिक क्षेत्र अन्र्तगत उक्त सामग्रीहरु वितरण गरिएको शाखाका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

शाखाका अध्यक्ष बुढाथोकीको अध्यक्षता र उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बरालको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, शाखाका पूर्व अध्यक्षहरु प्रल्हाद ढुंगाना, अजयकुमार देव, टिकाराम गौतमलगायतले सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

शाखाका कार्यकारिणी उपाध्यक्ष भवानी बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए । केन्द्रमा हाल ११ जना बालबालिका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here