प्याब्सन प्रदेश स्तरिय छात्र तर्फको भलिवलको उपाधी हिमशिखर मावीलाई

७ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

कमल ।

निजी तथा आवासीय विध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्रदेश स्तरिय भलिवल प्रतियोगिता २०८० को छात्र तर्फको उपाधी हिमशिखर माध्यमिक विध्यालय तरहरा सुनसरीले उचालेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि व्याब्सनले पालिका हुँदै जिल्ला स्तर बाट उत्कृष्ट भएका पतिस्पर्धी विध्यालयका खेलाडी बिच आईबार कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिमा सिद्धार्थ शिशुसदनु माध्यमिक विध्यालयलाई फाईनलमा पछि पार्दै हिमशिखरले उपाधी जितेको हो ।

हिमशिखरले नगद ३१ हजार रुपैया सहित शिल्ड,ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोश्रो स्थानको सिद्धार्थ शिशुसदनले नगद २१ हजार रुपैया सहित ट्रफि,मेडल र प्रमाण प्राप्त गरेको छ ।

त्यस्तैे प्रतियोतिमा तश्रो स्थान हाँसिल गर्ने एभरेष्ट माध्यमिक विध्यालय पथरी मोरङ्गले नगद ११ हजार रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाण मा प्राप्त गरेको प्याब्सन प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा अतिरिक्त कृयाकलाप संंयोजक अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

खेलाडीले अनुशासित र मर्यादित रुपमा खेल्दै आफ्नो प्रतिभा प्रदर्शन गर्नुहोस् र आगामी दिनमा राष्ट्र स्तरको खेलाडी बन्न सक्नुहोस् भन्ने व्याब्सन प्रदेशका अध्यक्ष टिकाराम ढकालले खेलाडीलाई शुभकामना दिनुभयो ।

प्रतियोगितामा सहभागी विध्यालयका खेलाडीलाई कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मि प्रसाद भट्टराईले खेलकुदले विध्यार्थिलाई मानसिक र शारिरिक रुपमा स्वास्थ्य बनाउनुका साथै विध्यार्थि भित्र रहेको प्रतिभा प्रस्फुटन गर्न अवसरसमेत प्रदान गर्ने बताउनुभयो ।

प्रतियोगिता उद्घाटनका समयमा व्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण घिमिरे , सचिव हेमराज अधिकारी, बरिष्ट उपाध्यक्ष सुमित थापा, सचिव पोषराज प्याकुरेल , प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, जिल्ला सदस्य त्रिलोचन गौतम, कमल अध्यक्ष बदीराम राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here