न्यूटन्स् स्काउट दीक्षान्त समारोहमा झापा गोल्डकपलाई एक लाख सहयोग

७ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

बिर्तामोड ।

न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग गरिएको छ ।

बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले विद्यालयमा रहेको स्काउटका विद्यार्थीलाई दीक्षित गरेको हो ।

गत बर्ष बाट शुरु गरिएको स्काउट गठन संगै विद्यार्थीले क्षमता बिकास गर्दै तालिम लिईरहेका छन् । तालिम प्राप्त स्काउटका सदस्य दीक्षित भएका हुन् । उनीहरुलाई आइतबार राति एक कार्यक्रमका बीच दीक्षित गएको थियो ।

सोही कार्यक्रमका बीच झापा गोल्डकपलाई एक लाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् संस्थापक धर्मा पराजुली प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नगर उप–प्रमुख नगेन्द्र संग्रौला ,प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल , गोल्डकप अध्यक्ष बिनोद बस्नेत लगायतले शुभकामना राखेका थिए ।

बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गर्दै बालबालिकाको वृद्धि बिकासमा बिद्यालय दिनरात क्रियाशिल भएर लागेको उल्लेख गरे । उनले बालबालिकाको बिकाससंगै समग्र बिर्तामोडको बिकासमा हातेमालो गर्दै बिद्यालय अगाडि बढ्ने उल्लेख गरे ।

शिक्षक पराश दाहालले सहजीकरण गरेको कार्यक्रमको संचालन अन्स न्यौपाने र कृन्जल पोख्रेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here