बन्दी सहायता नेपालद्वारा इ–लाइब्रेरी सञ्चालनमा

0
14

बुट्टाबारी ।

बन्दी सहायता नेपाल अर्जुनधारा–११ झापाद्वारा इ–लाइब्रेरीको उद्घाटन भएको छ ।

इ–लाइब्रेरी सञ्चालनमा आएसँगै बालबालिका र युवा तथा बृद्ध सबैले राष्ट्रिय, अन्तर्राष्ट्रिय पुस्तक एवम् नेपालको संविधान, न्याय कानूनका पुस्तकहरु अध्ययन गर्न पाउने बताइएको छ ।

बालबालिका महिला हिंसा सम्बन्धी सचेतता पुस्तक अन्य ज्ञानबर्धक पुस्तकहरु, विद्यालय पाठ्यक्रम सिकाइ सम्बन्धी सम्पूर्ण पुस्तक एकै स्थानमा पढ्न पाइने र अर्जुनधारामा पहिलो पटक गाउँस्तरमा सञ्चालन रहेकोमा सहयोगी संस्था सिटी किड्स अमेरिकालाई प्रमुख अतिथि बन्दी सहायता नेपालकी संस्थापक एवम् उपसभामुख इन्दिरा राना मगरले धन्यवाद दिइन् ।

स्थानीय स्तरमा सबैको पहुँच भएको इ–लाइब्रेरीले बालबालिकामा अध्ययनसिलता बढाउने शिक्षासेवी हस्त परियारले बताए । पूर्व प्रहरी नायव उपरीक्षक गोबिन्द अधिकारी, उपसचिव बिमलराज जोशी लगायतले इ–लाइब्रेरी सञ्चालनमा आउनु सबैका लागि खुशीको कुरा भएको उल्लेख गरे ।

इन्टरनेटसहित दुई थान कम्प्युटर जडान गरिएको र भविष्यमा थप गर्दै लाने शाखा अध्यक्ष जगतबहादुर मगरले बताए । कार्यक्रमको सहजीकरण सचिव रञ्जीत परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here