विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्बन्धी अभिमुखिकरण

0
9

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।

सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक,गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टीकरण तालिका अनुसार प्रश्न निर्माणका लागि सहजीकरण गर्ने उद्देश्यले ५ दिन सम्म विषय विज्ञहरूबाट कार्याशाला सञ्चालन भएको हो ।

कार्यशालामा २८ वटा सामुदायिक विद्यालयबाट विषय शिक्षकहरूको उपस्थिति रहेको थियो । यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिवर्तन गरेको नयाँ अनलाइन बेसमा आधारित ईएमआईएसबाट कार्यसम्पादन गर्न, कक्षा– ५/ ८ को परीक्षा आवेदन फारम अनलाइन भर्ने /भराउने तथा नतिजा प्रमाणीकरण गर्ने विषयमा सबै सामुदायिक विद्यालय तथा ३६ वटा संस्थागत विद्यालयका शिक्षक /कर्मचारीहरूलाई सहजीकरण गरिएको सहजकर्ता शिक्षा अधिकृत नवीन खुलालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here