नेपाल शिक्षक संघको पाँचौं नगरसभा

0
12

बुट्टाबारी ।

नेपाल शिक्षक संघ अर्जुनधाराको पाचौं नगर प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अनिवार्य अवकाश प्राप्त गर्ने प्रधानाध्यापक चेतामणि खनाल, शिक्षकहरु दुर्गादेवी तिम्सिना, मनिषा अधिकारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै नगरभित्र नव आगन्तुक शिक्षक कबिन्द्र भण्डारी, देवीनारायण बिष्ट, तेजराज पनेरु, निरु शर्मा, माया गौतम र साबित्रा राइलाई मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वलाई नेपाल शिक्षक संघ जिल्ला सदस्य निर्मला पोख्रेल, नेपाली कांग्रेस एवम् शिक्षक नेता सरस्वती सिटौला गोले शुभकामना व्यक्त गरेका थिए भने सम्मानित व्यक्तिका तर्फबाट चेतामणि खनाल र देवीनारायण बिष्टले धन्यवाद दिएका थिए ।

नेपाल शिक्षक संघ नगर सभापति सुजाता शिवाकोटीको अध्यक्षता भएको कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलको प्रमुख आतिथ्य रहेको थियो ।

संघको आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन कोष सचिव रञ्जित परियारले प्रस्तुत गरेका थिए भने स्वागत सुशील ढुङ्गेलले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण उपाध्यक्ष गङ्गा पोख्रेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here