महोत्सवले अपेक्षा पूरा गरोस्

0
4

साहित्य, संस्कृति र कला कुनै पनि जाति, समुदाय र देशको परिचायक हो । यसको विकासमै समाज र राष्ट्रको समृद्धि सम्भव हुन्छ । हाम्रो पहिचान स्थापित गर्ने यी तीन वटै क्षेत्रमा अहिले कालो बादल लाग्न लागेको छ । भौतिकता र आधुनिकताको अतिक्रमणले नयाँ पुस्ता परम्परागत यी सम्पदाबाट विमुख हुँदै गएका छन् । पहिला–पहिला कुनै पनि व्यक्तिको व्यक्तित्व, चरित्र र भविष्य निर्माण गर्ने यी अधारहरु कमजोर हुँदै जाँदा कुनै दिन नेपाल र नेपालीको परिचय नै हराउने जोखिम पनि बढ्दै गएको छ । यस्तो बेला झापा कन्काई नगरपालिकाको सुरुङ्गामा प्रथम कन्काई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना भएको छ ।

नेपाली नाट्य एवम् चलचित्र क्षेत्रका वरिष्ठ कलाकार नीर शाहले भव्य समारोहका बीच उद्घाटन गर्दै कला, संस्कृति र साहित्यले मानव जातिको उत्थान हुने बताए । उनले मानव सभ्यताको प्रवद्र्धनमा समेत यी तीनवटै क्षेत्रको उत्तिकै भूमिका रहने बताए । रोटरी क्लव अफ सुरुङ्गाको आयोजनामा स्थानीय पशुपति अंग्रेजी मावि परिसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा प्रशिद्ध साहित्यकार, कलाकार लगायत जिल्लाका कवि, कलाकार तथा प्रशिक्षार्थी विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । पठन संस्कृति हराउँदै गएको बेला, पश्चिमी सभ्यता र संस्कृतिको अनुशरण गर्न चलेको लहरलाई रोकेर मौलिक कलालाई सम्मान, प्रवद्र्धन र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्न महोत्सव सफल हुने अपेक्षा गरिएको छ ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न स्थानीय संघ, संस्था, स्थानीय सरकार, प्याब्सन, सामुदायिक विद्यालय, क्याम्पस तथा व्यवसायीको सहभागिता र सहयोगले नेपाली मौलिक संस्कृतिको सम्बद्र्धनमा उल्लेख्य योगदान पुग्ने निश्चित छ । महोत्सव नागरिक एकता र जातीय पहिचानको संरक्षणमा समेत फलदायी भयो भने र पठन संस्कृतिको विकासमा सहयोग पु¥यायो भने महोत्सव मात्र होइन सुरुङ्गेली जनता पनि धन्य हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here