झापा गोल्डकपमा आर्मी कि मच्छिन्द्र ?

0
12

झापा ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपमा बुधवार चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी फुटवल क्लव र मच्छिन्द्र फुटवल क्लव आमुन्ने–सामुन्ने हुँदैछन् ।

केही दिन अघि पाँचथर गोल्डकपको उपाधि हत्याएको त्रिभुवन आर्मी फुटवल क्लव र दोस्रो संस्करणको केपी ओली फुटवल क्लवको उपाधि उचालेको मच्छिन्द्र दुबै आफ्नो पक्षमा नतिजा हात पार्ने दाउमा छन् ।

डोमालाल राजवंशी रंगशालामा लगातार आफ्नो बर्चश्व कायम गर्न सफल त्रिभुवन आर्मी यस पटक पनि आफ्नो दवदवा कायम राख्दै सेमीफाइनलमा सशस्त्र प्रहरीको एपीएफसँग भीड्ने दाउमा रहेको छ । यता भर्खरै समापन केपी ओली कप तथा बागमती गोल्डकपको उपाधि उचालेर उच्च मनोबलका साथ मैदान उत्रिन लागेको मच्छिन्द्र आर्मीलाई क्वाटरफाइनलबाटै घर पठाएर सेमीफाइनलको यात्रा तय गर्ने दाउमा छ ।

स्टार खेलाडीले भरिएको मच्छिन्द्र क्लव र नेपाल आर्मीका सशक्त खेलाडीबीच हुने प्रतिष्पर्धा निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । आयोजक झापा ११ लाई उपाधि चुम्नबाट रोक्दै आफ्नो पोल्टामा चार पटकसम्म उपाधि बिजेता बनेको आर्मीबिरुद्धको बुधवार हुने खेलमा झापाली दर्शकले भने मच्छिन्द्रको समर्थन गर्ने अनुमान गरिएको छ । आर्मीले पहिलो, तेस्रो, चौथो र पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि जितिसकेको छ भने दास्रो झापा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लवले जितेको थियो । पाँचौ संस्करणसम्म झापा ११ भने उपाधिबिहीन बन्दै उपबिजेतामा चित्त बुझाउँदै आएको छ ।

झापा गोल्डकप सफल हुनुका यस्ता छन् दुई कारण

एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको झापा गोल्डकपमा दाताहरुको सहयोग र आयोजक टिमको सक्रियताका कारण गोल्डकप सफलतातर्फ उन्मुख भएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको भनाइ छ ।

छैटौँ संस्करणको झापा गोल्डकप २०८०लाई सफल बनाउन यती बु्रअरीले मुख्य प्रायोजन गरेको र अन्तराष्ट्रिय झापाली समाज, बिर्तामोड नगरपालिकाले महत्वपूर्ण सहयोग गरेकै कारण गोल्डकप सफलता उन्मुख रहेको बताइएको छ । गोल्डकपको माध्यमबाट बिर्तामोडमा मात्र नभइ झापा जिल्लालाई नै खेलमय बनाउन सफल भएकाले स्थानीय तहले यसलाई आफ्नो स्वामित्वमा लिएर सहयोग गरेको बताइएको छ ।

झापा गाोल्डकपले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएकाले यस्ता प्रतियोगिता प्रति खुलेर सहयोग गरेका कारण गोल्डकप सफल ढंगबाट सञ्चालन भइरहेको अध्यक्ष बस्नेतको भनाइ छ । उनी भन्छन्– गोल्डकपको सदस्य बन्न धेरै व्यक्ति लालयित हुनुभएको छ । बर्षेनि मागेर गोल्डकप गर्नुभन्दा अक्षय कोष नै स्थापना गरेर झापा गोल्डकपलाई दिगो रुपमा सञ्चालन गर्ने अठोटका साथ लागेका छौं । छैटौँ संस्करणको झापा गोल्डकपको बिजेताले नगद १३ लाख र उपबिजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ ।

खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक र व्यवस्थापकसम्मको बिमा

झापा गोल्डकप सञ्चालन अवधिभर खेलाडी, रेफ्री, प्राविधिक र व्यवस्थापकको बिमा गरेर खेललाई सुरक्षित बनाउन झापा गोल्डकप सफल भएको छ । अफिसियल टिममा सहभागीहरुको समेत बिमा गर्दै खेल अवधिभर सबैलाई सुरक्षित राख्न झापा गोल्डकप आयोजक समितिले देखाएको तदारुकताको अहिले प्रशंसा भइरहेको छ । फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको थियो । गोल्डकप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँबीच दुर्घटना बीमासम्बन्धी सम्झौता भएको थियो ।

खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयम्सेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्ड कपले दुर्घटना बिमा गरेको झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए । खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको वरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here