सामुदायिक विद्यालयका शिक्षकले अन्यत्र काम गर्दा सिफारिस लिनुपर्ने

0
5

कमल ।

कमल गाउँपालिका स्तरीय शिक्षा समितिले गाउँपालिका भित्र विद्यालय सञ्चालनमा रहेका विद्यालयका विषयमा विभिन्न निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक हुकुमसिंह राईको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले विभिन्न निर्णय गरेको छ । समितिले गरेका निर्णय लाई कार्यान्वयनका लागि गाउँपालिका भित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयलाई निर्देशन सहित पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

बैठकले गरेका निर्णयहरूमा कमल गाउँपालिकामा नीतिगत रुपमा दर्ता नभई साथै अनुमति प्राप्त गरेको कक्षा बाहेकका कक्षा हरु सञ्चालनमा रहेको भए अविलम्व त्यस किसिमका विद्यालयहरू बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै. पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विद्यालय समयका अलावा अन्यत्र समयमा अन्य कुनै शैक्षिक संस्था वा अन्य कुनै संस्थामा कामकाज गर्दै रहनु भएको भए सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिस सहित यस पालिकाको समेत अनिवार्य अनुमति लिनुपर्ने समेत बैठकले निर्णय गरेको छ ।

समितिले गरेको निर्णयमा संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा शिक्षा नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति कुन कुन कक्षामा कुन कुन विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ । सम्बन्धित विद्यार्थीहरूको अभिभावक समेतको नाम खुलाएर चैत्र मसान्तसम्ममा सम्पूर्ण विवरण समेत गाउँपालिकामा अनिवार्य पेश गर्नका लागि निर्देश दिने निर्णय गरेको छ ।

त्यस्तै छात्रवृत्तिलाई उपलब्ध गराउने कार्यलाई नियमित सञ्चालन गर्न समेत संस्थागत विद्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको शिक्षा समितिले जनाएको छ ।
पालिका भित्रमा रहेका कुनै पनि विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य रुपमा स्थानान्तरण प्रमाण र लव्द्याङ्क पत्र संलग्न गरेर मात्र विद्यार्थी भर्ना गर्नुपर्ने समितिको बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here