आँखाको दृष्टि परीक्षण कार्यक्रम सम्पन्न

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा नगरका दुई वटा सामुदायिक विद्यालयमा आँखाको दृष्टि परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

११४औं नारी दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रम अर्जुनधारा–१ स्थित भीमले आधारभूत विद्यालय र अर्जुनधारा–७स्थित अरुणोदय आधारभूत विद्यालयमा सञ्चालन भएको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् ।

स्थानीय आँखा उपचार सेवाकेन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रम अन्र्तगत भीमले आविमा र अरुणोदय आविमा गरि जम्मा दुई सय जना विद्यार्थी आँखाको परीक्षण गरिएको बताइएको छ ।

केन्द्रकी अध्यक्ष पुनम पोख्रेल सुवेदीको अध्यक्षतामा भीमले आविमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेत र अरुणोदय आविमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए । केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here