इष्ट होराइजनमा ‘बसन्त उत्सव’

0
8

बिर्तामोड ।

झापाको मेचीनगर–१० स्थित धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले ‘बसन्त उत्सव’आयोजना गर्ने भएको छ ।

विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न २२ वटा विधाहरुबाट विद्यार्थीहरुले सिकेको कला प्रर्दशन गर्ने उद्धेशयले आगाामी फागुन २६ र २७ गते विद्यालयमा ‘बसन्त उत्सव’ गर्ने भएको हो ।

‘हाम्रो सांस्कृतिक सिद्धानतहरुको पनरावलोकन’ भन्ने मुल नााराका साथ बसन्त उत्सव मनाउन लागेको बिहीबार बिद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जजानकारी दिइएको हो ।

किताबी ज्ञान मात्र नभएर ब्यवहारिक ज्ञानलाई विद्यार्थीहरुमा जागृत गर्न उक्त महोत्सवको आायोजना गरिएको ‘बसन्त उत्सव’ आयोजक समितिका संयोजक छितेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार ‘बसन्त उत्सव’ कार्यक्रम अन्तरगत सिलाई बुनाई, लाइभ पेन्टिङ, कुलिनरी आर्ट, फोटो ग्राफि, आइभ म्युजिक एण्ड डानस, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बिङ, दुना तथा टपरा, ब्युटिसन, कराते लगायतका २२ वटा महत्व पूर्ण विद्याहरुमा विद्यार्थीहरुले कला प्रर्दशन गर्ने छन् ।

अध्ययनसंगै विद्यार्थीको अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य अनुसार विद्यालय स्तरबाटै सरल र सहज तरिकाले उद्यमशिल, ब्यवहारिक र सिपमुलक बनाउने ध्येयका साथ नयाँ पुस्ताहरुले बिर्सन लागेका पुराना हाट, बजार र परम्परागत संस्कृतिसंग जोड्ने उत्सवको उद्धेश्य रहेको पिन्सिपल सञ्जिव राईले बताए ।

उक्त उत्सवबाट भएको आम्दानी विद्यार्थी आफैंले उपयोग गर्न पाउने विद्यालयका प्राइमरी इन्चार्ज विकास ग्वालले बताए ।

विद्यालयले स्थापना कलादेखि नै विद्यार्थीहरुलाई विभिन्न विद्याहरुमा आफ्नो कलाा र प्रतिभा प्रस्तुत गर्ने मौका दिदैं आएको विद्यालयकी निर्देशक सावित्रा सापकोटा राईले जानकारी दिइन् ।

विद्यार्थीले राखेका स्टलहरुको प्रत्यक्ष अवलोकन र अध्ययन अभिभावक र सरोकारवालाले गर्ने बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन शिक्षक महेश खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here