मानबहादुर गिरीको स्मृति दिवस मनाइयो

0
8

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले महाशिवरात्री पर्वको अवसर पारेर जग्गादाता तथा साजाजिक ब्यक्तित्व मानबहादुर गिरीको स्मृति दिवस तथा नारी दिवस मनाएको छ ।

समाजले बिर्तामोडमा शुक्रवार (आज) महाशिवरात्री पर्व अन्तरगत स्व. मानबहादुर गिरीको चौथो स्मृति दिवस र ११४ औं नारी दिवस मनाएको हो । कार्यक्रममा बत्ताहरुले मानबहादुर गिरीले समाजका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

स्व. गिरीले समाजका लागि अर्जुनधारा–११ स्थित बुट्टाबारीमा दशनामी समाजको भवनका लागि ४ कठ्ठा जग्गा प्रदान गरेका थिए भने नगर समितिको अक्षयकोष स्थापना गर्न ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली एजुकेशन फाउण्डेशनकी संस्थापक प्रिसिपल शान्ता गिरी महन्तको प्रमुख आतिथ्य तथा समाजका केन्द्रिय सल्लाहकार हर्कलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि हर्कलाल गिरी, समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व प्रदेश अध्यक्ष तथा सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, समाजका झापा सह–सचिव हर्कलाल गिरी, नगरका सदस्य खेमराज गिरीलगायतले स्व. मानबहादुर गिरीले समाजका लागि गरेको योगदानको चर्चा गर्दै दशनामी बन्धुहरुलाई एकताबद्ध गरेर समाजको हित गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा समाजका कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, झापा कोषाध्यक्ष तथा नगर सल्लाहकार बालकृष्ण गिरी, कोशी प्रदेश सदस्य तथा पाँचथर अध्यक्ष रामकुमार भारतीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमकाबिच समाजको आजीवन सदस्य प्रमाणपत्र समेत बितरण गरिएको थियो । कोशी प्रदेश सह–सचिव उमेश भारती, झापा सह–सचिव हर्कलाल गिरी र नगर कोषाध्यक्ष खड्गराज गिरीलाई बिशिष्ठ अतिथि हर्कलाल गिरीले आजीवन सदस्यता प्रमाणपत्र बितरण गरेका थिए ।

स्वागत समाजका बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले गरेको कार्यक्रममा औतिथ्यमाथि प्रकाश समाजका कोशी प्रदेश सह–सचिव उमेश भारतीले पारेका थिए भने सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here