विराटनगरमा स्टाफ नर्सको हत्या

0
4

विराटनगर ,

विराटनगरमा स्टाफ नर्सको हत्या भएको छ । हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पुष्टि गरे ।
दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् ।

सिराहाको फुल्काहकट्टी घर भएकी उनी अस्पताल नजिक धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो १२ बजे शव फेला परेको दाहालले बताए ।

उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहार लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ। घटनामा संलग्नको खोजी कार्य अगाडि बढाएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here